+
+
Shares

महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते ८:३७

१६ असार, जनकपुरधाम । महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उनी मोटरसाइकल चालक हुन् ।

यस्तै मोटरसाइकलमा पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएको उनले बताए ।

डीएसपी भट्टका अनुसार आइतबार साँझ साढे ७ बजे तिरको समयमा बर्दिबास जलेश्वर सडक खण्डमा बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले सोही दिसामा गइरहेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई टिम्कीया भन्ने ठाउँमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक नीतिशको उपचारको क्रममा बर्दिबास अस्पतालमा मृत्यु भएको डिएसपी भट्टले बताए ।

पछाडि सबार गम्भीर घाइते रुपेशको जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घटना लगतै टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिका ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?