१६ असार, काठमाडौं । श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका-४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो ।
उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ । घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा चाँदनी मृत भेटिएकी थिइन् । गहुँ खेतमा मन्सुरीले आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए ।
पक्राउ परेकाविरुद्ध रौतटह जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4