+
+
Shares

विनय त्रिवेणी खोलामा बनेको नयाँ पुल शनिबार अगाडि नै सञ्चालन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुम्कीवासमा बनेको नयाँ २४५ मिटर लामो पुल सञ्चालनमा ल्याउने तयारी भएको छ।
  • सडक विस्तार आयोजना र ठेकेदारले मौसम अनुकूल भएमा शनिबार अगाडि नै पुल सञ्चालन गर्ने योजना बनाएका छन्।
  • पुलको सञ्चालनले पूर्वपश्चिम राजमार्गमा यातायात सहज हुने विश्वास गरिएको छ।

१६ असार, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवासमा रहेको विनय त्रिवेणी खोलामा बनेको नयाँ पुल आगामी शनिबार अगाडि नै सञ्चालन गर्ने तयारी गरिएको छ ।

सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालका अनुसार २४५ मिटर लामो पुल मौसम राम्रो भए शनिबार अगाडि नै सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको छ ।

‘पानी नपरेर मौसम राम्रो भए पुल माथि पिच गरेर शनिबार अगाडि नै सञ्चालन गर्ने भन्ने हो, तर पानी परे केही दिन ढिला हुन पनि सक्छ,’ खनालले भने, ‘तर अब पुल सञ्चालनमा आउँछ, यातायात सहज हुन्छ ।’

पुलको ढलान भएको चार हप्ता भन्दा बढी भएको छ । सडक आयोजनाका सूचना अधिकारी खनालले सडक विस्तारको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी, परामर्शदाता र आयोजनाले यथाशीघ्र पुल सञ्चालन बारेमा निरन्तर छलफल तथा परामर्श गरिरहेको बताए ।

७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथ समेत रहेको छ । एक भारतीय ट्रकले गत २६ पुसमा पुरानो फलामे पुल भाँचिएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो ।

बनाइएको डाइभर्सन पटकपटक खोलाले बगाउँदा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएको थियो । घण्टौं लामो सवारीसाधन जाम हुँदै आएको थियो । अब पुल सञ्चालनमा आएपछि कष्टकर यात्रामा सहजता आउने विश्वास आयोजनाले लिएको सूचना अधिकारी खनालले जानकारी दिए ।

दाउन्ने क्षेत्रमासमेत सडक विस्तारका लागि कामका साथसाथै र बर्खामा यातायातको सहज सञ्चालनका लागि प्रयास भइरहेको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?