
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सांसद गोम्बु शेर्पाले सरकारसँग मल माग गर्दै गीत गाए।
- उनले किसानको पीडा र सरकारको असक्षमतालाई ध्यानाकर्षण गराए।
- शेर्पाले यसअघि पनि गीतमार्फत सरकारलाई जवाफ मागेका थिए।
१६ असार, विराटनगर। कोशी प्रदेश सांसदले गीत गाएर सरकारसँग मलबीउ मागेका छन् । माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पाले सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सरकारसँग मल मागेका हुन् ।
‘किसानहरु चाहिँ यो असारको मासमा मल नपाएर असाध्यै पीडित र प्रताडित छन् । खेतबारीमा हुनुपर्ने कृषकहरु मल गोदामको अगाडि, कृषि कार्यालयको अगाडि, घण्टौँसम्म लाइन बस्नुपर्ने र लाइन बस्दा पनि मल नपाउने पीडा बेहोरिरहेको छ,’ उनले भने,‘ हाम्रो सरकारले आवश्यक मल उत्पादन गर्न पनि नसक्ने र सम्बन्धित ठाउँबाट आयात गरेर कृषकलाई समयमा मल दिनु पनि नसक्ने। सरकारको यो असक्षमता असफलता कहिलेसम्म ? किसानलाई समयमा मल–बिउ उपलब्ध गराउने सन्दर्भमा सरकारको तर्फबाट के पहलकदमी भइराखेको छ ? ’
किसानको पीडा सम्बोधनका लागि सरकार गैर-जिम्मेवार रहेको बताउँदै उनले सहज रुपमा मल पाउने व्यवस्था गर्न माग गरे ।
‘किसानको पीडा र सरकारको गैरजिम्मेवारीपन हेर्दाखेरि चाहिँ सभामुख महोदय, यसो पनि भन्न मन लाग्छ,’ भन्दै उनले ‘हो हो सरकार हो हो, मल बीउ चाहियो हो हो’ गीत गाएर आफ्नो सम्बोधन अन्त्य गरे ।
शेर्पाले सरकारलाई दबाब सृजना गर्नका लागि शेर्पाले यसअघि दुई पटक सरकारसँग गीत गाएर जवाफ मागेका थिए ।
प्रतिक्रिया 4