+
+
Shares

मुकुल ढकालको रिटमा पेशी सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १५:५७

१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै अदालतमा दायर भएको रिट मंगलबार सुनुवाइ नै नभई २७ असारका लागि सरेको छ ।

आज न्यायधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको मुद्दा आज हेर्न नभ्याइने भएपछि २५ असारका लागि पेशी तोकिएको हो ।

ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो ।

निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए । ढकाललाई पार्टीले कारबाही गरेपनि आयोगले रास्वपा पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?