+
+
Shares

आईएईएसँग सहकार्य निलम्बन गर्ने इरानको घोषणा

गत साता इरानी संसदले उक्त विधेयक पारित गरेको थियो । यस विधेयकले सरकारलाई आईएईएसँगको सहकार्य निलम्बन गर्न कानुनी आधार दिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १३:५९

१८ असार, काठमाडौं । इरानका नयाँ राष्ट्रपति मासुद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य निलम्बन गर्ने कानुनलाई अनुमोदन गरेका छन्।

इरानको सरकारी टेलिभिजन प्रेस टिभी र अन्य इरानी समाचार एजेन्सीहरूले यो खबरको पुष्टि गरेका छन् ।

गत साता इरानी संसदले उक्त विधेयक पारित गरेको थियो । यस विधेयकले सरकारलाई आईएईएसँगको सहकार्य निलम्बन गर्न कानुनी आधार दिएको छ।

यो निर्णय इजरायल र अमेरिकासँग हालै भएका सैन्य तनावपछि, तेहरान र संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायबीच निरीक्षणको पहुँच र पारदर्शितालाई लिएर बढ्दो विवादबीच आएको हो।

इरानले पछिल्ला वर्षहरूमा आफ्नो आणविक कार्यक्रमबारे पारदर्शिता कायम गर्न आईएईएसँग सीमित सहकार्य गरिरहेको थियो । तर यो निर्णयले दुवै पक्षबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?