+
+
Shares

मुद्दा ५२ संवैधानिक पदाधिकारीको, लाभ पाउनेछन् ४९ जनाले (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १०:३९
पहिलो चरणमा नियुक्त ३२ संवैधानिक पदाधिकारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सदर गरेको छ । तर यसको लाभ ४९ पदाधिकारीलाई मिलेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा दुई चरणमा ५२ पदाधिकारीहरू नियुक्त भएका थिए, तीमध्ये तीन जनाले अवकाश पाइसकेका छन्।
  • अब बाँकी ४९ जनाले ६ वर्षे कार्यकाल पूरा गरेपछि वा उमेरहद ६५ वर्ष पुगेपछि मात्र अवकाश पाउने छन् ।

१९ असार, काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सर्वोच्च अदालतबाट सदर भएको छ । यसको लाभ भने ४९ पदाधिकारीले पाउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा दुई चरणमा ५२ संवैधानिक पदाधिकारीहरु नियुक्त भएका थिए । ओली नेतृत्वको संवैधानिक परिषदले मंसिर, २०७७ मा ३८ जना र वैशाख, २०७८ मा २० जना पदाधिकारीहरुको सिफारिस गरेको थियो ।

३८ मध्ये ६ जनाले नियुक्ति नलिएकाले पहिलो चरणमा ३२ र दोस्रोमा २० जनाको नियुक्ति भयो । त्यतिबेला नियुक्त भएका कुल ५२ संवैधानिक पदाधिकारीहरुमध्ये ४९ जनामात्रै अहिले पदमा बहाल छन् ।

तीन जना पदाधिकारीहरु ६५ वर्षे उमेरहदले यसअघि नै अवकाश पाइसकेका छन् । त्यसैले ५२ मध्ये ४९ जनालाई राहत मिलेको हो ।

बुधबार मध्यरातको फैसला अनुसार अब उनीहरुले पुरा पदावधि काम गर्ने पाउनेछन् । अब उनीहरु ६ वर्षे कार्यकाल पुरा गरेर मात्रै अवकाश हुनेछन् । ६ वर्ष पुग्नुअघि नै ६५ वर्ष पुगेमा उनीहरु उमेरहदका कारण तत्कालै अवकाश हुनेछन् ।

हेर्नुहोस् संवैधानिक पदाधिकारीहरुको सूची–

नाम पद निकाय नियुक्ति मिति अवस्था
प्रेमकुमार राई प्रमुख आयुक्त अख्तियार २०७७ माघ २१ हालसम्म पदमा
किशोरकुमार सिलवाल आयुक्त अख्तियार २०७७ माघ २१ हालसम्म पदमा
जयबहादुर चन्द आयुक्त अख्तियार २०७७ माघ २१ हालसम्म पदमा
रामप्रसाद भण्डारी आयुक्त निर्वाचन आयोग २०७७ माघ २१ हालसम्म पदमा
डा. जानकी तुलाधर आयुक्त निर्वाचन आयोग २०७७ माघ २१ हालसम्म पदमा
तपबहादुर मगर अध्यक्ष मानव अधिकार आयोग २०७७ माघ २१ हालसम्म पदमा
मनोज दुवाडी सदस्य मानव अधिकार आयोग २०७७ माघ २१ हालसम्म पदमा
डा. सूर्य ढुंगेल सदस्य मानव अधिकार आयोग २०७७ माघ २१ हालसम्म पदमा
लिली थापा सदस्य मानव अधिकार आयोग २०७७ माघ २१ हालसम्म पदमा
मिहिर कुमार ठाकुर सदस्य मानव अधिकार आयोग २०७७ माघ २१ हालसम्म पदमा
जुद्ध गुरुङ सदस्य वित्त आयोग २०७७ माघ २१ हालसम्म पदमा
अमरराज मिश्र सदस्य वित्त आयोग २०७७ माघ २१ हालसम्म पदमा
कमला पराजुली अध्यक्ष राष्ट्रिय महिला आयोग २०७७ माघ २१ हालसम्म पदमा
कृष्णकुमारी पौडेल सदस्य राष्ट्रिय महिला आयोग २०७७ माघ २१ हालसम्म पदमा
विद्याकुमारी सिन्हा सदस्य राष्ट्रिय महिला आयोग २०७७ माघ २१ हालसम्म पदमा
देवराज विक अध्यक्ष दलित आयोग २०७७ माघ २१ हालसम्म पदमा
मिना सोभ सदस्य दलित आयोग २०७७ माघ २१ हालसम्म पदमा
टुञ्जे कामी सदस्य दलित आयोग २०७७ माघ २१ हालसम्म पदमा
मेहेले पार्की सदस्य दलित आयोग २०७७ माघ २१ हालसम्म पदमा
रामचन्द्र जोशी सदस्य समावेशी आयोग २०७७ माघ २१ अवकाश
हरिभक्त जोशी सदस्य समावेशी आयोग २०७७ माघ २१ हालसम्म पदमा
रामबहादुर थापा अध्यक्ष आदिवासी आयोग २०७७ माघ २१ हालसम्म पदमा
मिन श्रीष सदस्य आदिवासी आयोग २०७७ माघ २१ हालसम्म पदमा
रिना राना सदस्य आदिवासी आयोग २०७७ माघ २१ हालसम्म पदमा
चरण राई सदस्य आदिवासी आयोग २०७७ माघ २१ हालसम्म पदमा
जीवछ साह सदस्य मधेशी आयोग २०७७ माघ २१ हालसम्म पदमा
रेणुदेवी शाह सदस्य मधेशी आयोग २०७७ माघ २१ हालसम्म पदमा
विजय गुप्ता सदस्य मधेशी आयोग २०७७ माघ २१ हालसम्म पदमा
सुबोधसिंह चौधरी सदस्य थारु आयोग २०७७ माघ २१ हालसम्म पदमा
भोलाराम चौधरी सदस्य थारु आयोग २०७७ माघ २१ हालसम्म पदमा
महमुद्दिम अलि सदस्य मुस्लिम आयोग २०७७ माघ २१ हालसम्म पदमा
मिर्जाअर्सद बेग सदस्य मुस्लिम आयोग २०७७ माघ २१ हालसम्म पदमा
डा. हरि पौडेल, आयुक्त अख्तियार २०७८ असार १० हालसम्म पदमा
डा. सुमित्रा श्रेष्ठ(ब्याञ्जू) आयुक्त अख्तियार २०७८ असार १० हालसम्म पदमा
माधव प्रसाद रेग्मी अध्यक्ष लोक सेवा आयोग २०७८ असार १० हालसम्म पदमा
माधव वेल्बासे सदस्य लोक सेवा आयोग २०७८ असार १० हालसम्म पदमा
बीर बहादुर राई सदस्य लोक सेवा आयोग २०७८ असार १० हालसम्म पदमा
दिनेश सिलवाल सदस्य लोक सेवा आयोग २०७८ असार १० हालसम्म पदमा
मञ्जु कुमारी सदस्य लोक सेवा आयोग २०७८ असार १० हालसम्म पदमा
सगुन शम्शेर जबरा आयुक्त निर्वाचन आयोग २०७८ असार १० हालसम्म पदमा
विपिन राज निरौला सदस्य वित्त आयोग २०७८ असार १० हालसम्म पदमा
जया घिमिरे सदस्य राष्ट्रिय महिला आयोग २०७८ असार १० अवकाश
सावीत्रा कुमारी शर्मा सदस्य राष्ट्रिय महिला आयोग २०७८ असार १० हालसम्म पदमा
सुन्दर पुर्कुटी सदस्य राष्ट्रिय दलित आयोग २०७८ असार १० हालसम्म पदमा
डा. रामकृष्ण तिमल्सेना अध्यक्ष राष्ट्रिय समावेशी आयोग २०७८ असार १० अवकाश
पुष्पराज तिमिल्सिना सदस्य राष्ट्रिय समावेशी आयोग २०७८ असार १० हालसम्म पदमा
मान प्रसाद खत्री सदस्य राष्ट्रिय समावेशी आयोग २०७८ असार १० हालसम्म पदमा
सूर्य बहादुर गुरुङ सदस्य आदिवासी आयोग २०७८ असार १० हालसम्म पदमा
आभा कुमारी सदस्य मधेशी आयोग २०७८ असार १० हालसम्म पदमा
डा. उमाशंकर चौधरी सदस्य थारु आयोग २०७८ असार १० हालसम्म पदमा
शान्ती मोदी सदस्य थारु आयोग २०७८ असार १० हालसम्म पदमा
मोहम्मद समशुल हक सदस्य मुस्लिम आयोग २०७८ असार १० हालसम्म पदमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?