
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीको विगत र वर्तमान अवस्थाको तुलना गर्दै चिन्ता व्यक्त गरिन्।
- पार्टीभित्र गालीगलौज र गलत प्रवृत्तिहरू बढ्दै गएको बताएर सामाजिक सञ्जाल र चिया पसलमा बोल्ने प्रवृत्तिको उनले आलोचना गरिन्।
- पार्टीभित्रको गतिविधिले कार्यकर्ताको भावनामा आघात पुगेको र गलत प्रवृत्तिहरू बाहिर फैलिएको उनको भनाइ छ।
१९ असार, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीले विगतको छवि कायम राख्न नसकेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
केन्द्रीय समितिको बैठकमा धारणा राख्दै न्यौपानेले विगत र हालको पार्टीको अवस्थाको तुलना गरिन् ।
‘एउटा मुठ्ठी मकै हातमा लिँदा खेरि १० जना साथीसँग बाँडीचुँडी गरेर मकै खाने हाम्रा कांग्रेसीहरू हुनुहुन्थ्यो । हिजो कुन कांग्रेस थियौं, आज हामी कुन कांग्रेस बन्यौं ?,’ उनले प्रश्न गरिन् ।
एक आपसमा गालीगलौजमा उत्रिने प्रवृत्ति बढ्दै गएको न्यौपानेले बताइन् ।
पार्टीभित्र बढेको गलत प्रवृत्तिप्रति उनले भनिन्, ‘सामाजिक सञ्जालमा लेखेका छौं । चिया पसलमा बोल्ने गरेका छौं, बाहिर बोल्ने गरेका छौं सभापति ज्यू, संगठन यसरी बलियो हुँदैन ।’
पार्टीभित्रका गतिविधिले कार्यकर्ताको भावनामा आघात पुगेको उनले बताइन् ।
पार्टीभित्र गल्ती भएको भए औंल्याइदिने दिने भन्दा पनि बाहिर बाहिर छरपष्ट गरिदिने कार्य भएको उनले सुनाइन् ।
प्रतिक्रिया 4