+
+
Shares

भोलिबाट मलको अभाव नहुने कृषिमन्त्रीको दाबी

कृषि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत र स्थानीय तह मार्फत मात्रै बजेट विनियोजन हुने जानकारी पार्टी नेताहरुलाई गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १८:१९
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषिमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि रासायनिक मलको अभाव नहुने दाबी गरेका छन्।
  • उनले १ लाख १० हजार टन मल नेपाल प्रवेश गरिसकेको बताए।
  • अधिकारीले मलको समस्या भोलिदेखि समाधान हुने विश्वास व्यक्त गरे।

२० असार, काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि रासायनिक मलको अभाव नहुने पार्टी बैठकमा जानकारी गराएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीका रुपमा गरेका कार्यहरु जानकारी गराउने क्रममा अधिकारीले मल १ लाख १० हजार टन मल नेपाल प्रवेश गरिसकेको बताएका छन् । हाम्रो ३७ ठाउँमा गोदाम छन् ।

त्यहाँ धमाधम आज धेरै ठाउँमा लोड भएर भोलि बेलुकीसम्ममा ती गोदामहरुमा मल पुग्दैछ,’ अधिकारीले भने, ‘मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला ।’

कृषि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत र स्थानीय तह मार्फत मात्रै बजेट विनियोजन हुने जानकारी पार्टी नेताहरुलाई गराए ।

कृषि मन्त्रालयमा आएको बजेटबाट २७ अर्ब रासायनिक मलका लागि दिइएको थियो । त्यसमध्ये योजनाको पैसा कटाएर १ अर्ब ८२ करोड रुपैयाँ समावेश गरिएका कारण अर्को वर्ष रासायनिक मलको समस्या हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?