
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री केकी अधिकारी र संगीतकर्मी विजेश श्रेष्ठले आइतबार प्रोटोनको शोरुमबाट ईभी गाडी किन्ने अवसर पाए।
- उनीहरूले क्रमशः ५७ लाख र ६८ लाख मूल्य पर्ने गाडी किनेर ग्राहक बने।
- प्रोटोनका बिक्री प्रमुखले सेलिब्रेटी र सर्वसाधारणमा ईभीप्रति आकर्षण बढेको बताए।
काठमाडौं । विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण बढ्दो छ । यस क्रममा आइतबार अभिनेत्री केकी अधिकारी र संगीतकर्मी विजेश श्रेष्ठले प्रोटोन ब्राण्डका दुई अलग अलग ईभी गाडी किने ।
थापाथलीस्थित प्रोटोनको शोरुमबाट केकीले ५७ लाख रुपैयाँ मूल्य पर्ने प्राइम भेरिएन्ट र विजेशले ६८ लाख पर्ने प्रिमियम गाडी किनेका हुन् । आइतबार उक्त शोरुमको उद्घाटन गर्ने क्रममा केकी र विजेश ग्राहक बनेर पुगेका थिए ।
सो अवसरमा आफूहरूले गाडीको चाबी हस्तान्तरण गरेको प्रोटोनका बिक्री प्रमुख आकाशविक्रम थापाले बताए । ‘उहाँहरू दुबैजनाले गाडी किन्नुभएको हो’ पछिल्लो समय सेलिब्रेटीमात्र होइन, सर्वसाधारणमा पनि ईभीप्रति आकर्षण देखिएको छ ।’
तस्वीर : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4