
News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन बैंकले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ।
- बैंकले १५७ रुपैयाँ प्रतिकित्ता दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्नेछ।
- सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था अनुसार बैंकले एफपीओ जारी गर्न लागेको हो।
२२ असार, काठमाडौं । हिमालयन बैंकले नेपाल धितोपत्र बोर्डबाट एफपीओ (थप सार्वजनिक सेयर) निष्कासनका लागि अनुमति पाएको छ ।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । आइतबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ छ ।
बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्नेछ । एफपीओ बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणका लागि न्यूनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था छ ।
सो व्यवस्था अनुसार ३० प्रतिशत पुर्याउनका लागि बैंकले एफपीओ जारी गर्न लागेको हो । हाल सर्वसाधारणका लागि बैंकको सेयर हिस्सा २७ प्रतिशत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4