+
+
Shares

रविको पक्षमा मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १९:२०

२३ असार, काठमाडौं । मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर-२ मा पर्ने महानगरपालिका–३२ मा जारी अभियानमा पुगेर झाले हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका हुन् ।

रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।

हस्ताक्षर अभियानमा पुगेका झालाई सांसद सोबिता गौतमले अभियानबारे धारणा सोधेकी थिइन् ।

सो क्रममा उनले रवि कहिँ पनि सहकारीको सदस्य र ऋणी नभएको जिकिर गरे । ‘जसरी उहाँलाई विभिन्न ठाउँबाट मुद्दा लगाउने र थुनामा पठाउने काम भएको छ । पार्टीले बोकेको वेबलाई कसरी रोक्न सकिन्छ भन्नेगरी यो भएको मैले बुझेको छु,’ झाले भने ।

झा सभापति लामिछानेको मुद्दा हेर्ने वकिल पनि हुन् ।

यसअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत विभिन्न कलाकारले पनि अभियानमा साथ दिएका छन् ।

रास्वपाले हस्ताक्षर अभियान उत्साहजनक भएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?