+
+
Shares

रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरू विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुर्‍याएको छ।
  • प्रशासन प्रमुख टीकानाथ पौडेलले ठूलो क्षति भएको अनुमान गरे र कर्मचारीहरु विस्थापित भएर जंगलमा बसिरहेको बताए।
  • उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको र विद्युत् उत्पादन गृह सुरक्षित रहेको उनले जानकारी दिए।

२४ असार, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो ।

क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको रसुवागढी जलविद्युत् केन्द्रको प्रशासन प्रमुख टीकानाथ पौडेलले जानकारी दिए ।

‘हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ । हाम्रा गाडीहरु पनि बगेका छन्’ उनले भने, ‘साथीहरु अडिट टु भनिने जंगल क्षेत्रमा गएर बसिरहनुभएको छ ।’

आयोजनाका दुई महिला सहित २५–३० जना कर्मचारीहरु रहेको र उनीहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको उनले बताए ।

हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको पौडेलले जानकारी दिए ।

निजी ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले जलजिद्युत् आयोजनाहरुमा भएको क्षतिबारे विवरण संकलन भइरहेको बताए ।

चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?