+
+
Shares

ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको छ।
  • बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भने, ‘लगातार दुई वर्ष यो मान्यता प्राप्त गर्नुले हाम्रो बलियो प्रदर्शन, रणनीतिक ध्यान र ग्राहकप्रतिको समर्पणलाई प्रतिबिम्बित गर्दछ।’
  • रेग्मीले डिजिटल क्षमता विस्तार, खुद्रा र एसएमई सेवा सुदृढीकरण तथा समावेशितालाई बैंकको प्रगतिको प्रमुख कारण भनेका छन्।

२६ असार, काठमाडौं । ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको छ ।

प्रतिष्ठित यो पुरस्कार एसिया प्यासिफिकका शीर्ष बैंकलाई प्रदान गरिँदै आएको छ । ३२ औं संस्करणमा पनि नेपालको तर्फबाट ग्लोबल आईएमई बैंकले उत्कृष्ट मान्यता पाएको हो ।

‘लगातार दुई वर्ष यो मान्यता प्राप्त गर्नुले हाम्रो बलियो प्रदर्शन, रणनीतिक ध्यान र ग्राहकप्रतिको समर्पणलाई प्रतिबिम्वित गर्दछ’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भने ।

डिजिटल क्षमता विस्तार गर्ने, खुद्रा तथा एसएमई सेवालाई सुदृढ गर्ने र समावेशितालाई बढाउँदै लैजानु नै बैंकको प्रगतिको प्रमुख कारण भएको उनले बताए ।
नेपालभर बैंकिङ सेवालाई प्रभावकारी बनाउन यो उपाधिले हौसलता प्रदान गरेको रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?