+
+
Shares

चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालियो  

रासस रासस
२०८२ असार २६ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको राहुघाट वेसिनका चार जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा जोड्न १३ किलोमिटर लामो चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण सुरु भएको छ।
  • तुँदी पावरका प्रतिनिधि उपेन्द्र गौतमले चिमखोलादेखि राहुघाटसम्म ३९ टावर रहेको प्रसारण लाइनबाट परीक्षणपछि विद्युत् केन्द्रीय प्रणालीमा जोडिने जानकारी दिनुभयो।
  • तुँदी पावरले प्रभावित क्षेत्रका बासिन्दालाई प्रसारण लाइनको टावर र तार नछुन तथा नदी किनारमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।

२६ असार, म्याग्दी ।  म्याग्दीको राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ ।

३५ मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोलादेखि गलेश्वर स्थित राहुघाट जलविद्युत् आयोजनाको स्वीचयार्ड सम्म १३ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको हो ।

नेपाल विद्युत् प्राधिकरण मार्फत रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माणाधिन सबस्टेसन सम्पन्न नहुँदासम्मका लागि अस्थायी रूपमा राहुघाटको स्वीचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रर्वद्धक तुँदी पावरका प्रतिनिधि उपेन्द्र गौतमले जानकारी दिए ।

चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।

चिमखोलादेखि गलेश्वरस्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएर परीक्षण गराउन थालिएको तुँदीका प्रतिनिधि गौतमले जानकारी दिए । परीक्षण लगत्तै केन्द्रीय प्रणालीमा विद्युत् जोडिने उनले बताए । चिमखोलादेखि राहुघाटसम्म ३९ टावर छन् ।

चार आयोजनाले सहकार्य गरेर एउटै प्रसारण लाइन मार्फत विद्युत् आपूर्ति गर्ने संरचना बनाएका छन् । एकदेखि अर्को आयोजनाको स्वीचयार्ड सम्म सम्बन्धित आयोजना र त्यसपछि सवस्टेसनतर्फ सहकार्य गरेर प्रसारण लाइन बनाएका हुन् ।

परीक्षण सुरु भएको प्रसारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदी पावरले आज एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रसारण लाइन र टावर निर्माण भएको छ ।

विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडि खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईबस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?