+
+
WC Series
पोखरा एभेन्जर्स 2025
28/2 (4.4)
VS
९२ बलमा १३८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

भौतिकमन्त्री दाहाल र जापानी राजदूत मायदाबीच भेट, के भयो कुराकानी ?

मन्त्री दाहाल र राजदूत मायदाबीच बिहीबार मन्त्रालयमा भएको भेटमा जापानी सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाबारे कुराकानी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १४:५०

२६ असार, काठमाडौं । नेपालका लागि जापानी राजदूत मायदा तोरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् ।

मन्त्री दाहाल र राजदूत मायदाबीच बिहीबार मन्त्रालयमा भएको भेटमा जापानी सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यस क्रममा मन्त्री दाहालले नेपाललाई भइरहेको सहयोगप्रति जापान सरकारलाई धन्यवाद दिए । मन्त्री दाहाल र राजदूत मायदाबीच दुई देशको हितमा सकारात्मक संवाद भएको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?