
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले काभ्रेबाट ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको जनाएको छ।
- केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १५ पसलका तरकारी तथा फलफूल परीक्षण गर्दा घिउ सिमीमा विषादीको मात्रा धेरै भेटिएको र उपभोग अयोग्य रहेको खुलाएको छ।
- सरकारले ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी उपभोगका लागि अयोग्य मान्ने मापदण्ड बनाएको छ र मंगलबार रायो सागमा पनि अत्यधिक विषादी भेटिएको थियो।
२६ असार, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको घिउ सिमीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
काभ्रेबाट बिक्रीका लागि कालीमाटी बजारमा बिहीबार ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा घिउ सिमीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त घिउ सिमी उपभोग अयोग्य रहेको जनाइएको छ ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।
यसअघि मंगलबार पनि रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
प्रतिक्रिया 4