
News Summary
Generated by OK AI. Editorially reviewed.- लोकगायिका कोमल वलीले आउँदो तीजलाई लक्षित गर्दै नयाँ गीत 'सुनिदेऊ शिव' युट्युबमा सार्वजनिक गरेकी छन्।
- गीतमा एक चेलीले तीजमा धर्मअनुसार व्रत बसेर महादेवसँग मनको मर्म सुनाइदिन आग्रह गरेकी छन्।
- कोमल वलीले गीतको शब्द, संगीत र स्वर आफैं तयार गरेकी छन् र यसअघि पनि चर्चित तीज गीतहरू ल्याएकी छन्।
वर्ष दिनको तीज आयो
गाउँछु तीजका गीत त
फेरि पनि पुकार गर्छु महादेवसित
बसेकै छु तीजमा व्रत
गरेकै छु धर्म
अब त सुन्देऊ शिव
यो चेलीको मर्म
लोकगायिका कोमल वलीले आउँदो तीजलाई लक्षित गर्दै नयाँ गीत ‘सुनिदेऊ शिव’ युट्युबमा सार्वजनिक गरेकी छन् ।
बुधबार सार्वजनिक गीतको शब्द, संगीत र स्वर कोमलको आफ्नै छ । हरेक वर्ष भिन्न मर्म र शैलीका तीज गीत ल्याउने कोमलले यसपटक शान्त र भावुक गीत ल्याएकी छन् ।
गीतमार्फत एक चेलीले तीजमा धर्मअनुसार व्रत बसेर महादेवसँग मनको मर्म सुनाइदिन आग्रह गरेकी छन् । भाकामा शान्त लय छ र शब्दमा सरलता, जसले गीतलाई धार्मिक भावनासँग जोडेको छ ।
कुनै झिलिमिली भिडियो वा चम्किला शब्द नभई गीतमा आत्मीयता र भक्ति झल्किन्छ ।
वलीले अघिल्ला वर्षमा ल्याएको ‘पोइला जान पाम’, ‘तीजमा रमाइलो’, ‘बोल्नेलाई बोल्न देऊ’ निकै चर्चित रहे । लोकसंगीत मात्र होइन, संचारकर्म र राजनीतिमा पनि उनी उत्तिकै सक्रिय छिन् ।
दाङमा जन्मिएकी वलीको सांगीतिक यात्रा २०४६ सालमा रेडियो नेपालको लोकगीत प्रतियोगिताबाट सुरु भएको हो । त्यसपछि उनले रेडियो नेपालमा झण्डै २३ वर्ष समाचारवाचन, कार्यक्रम सञ्चालन र प्रस्तुति कार्यमा बिताइन् ।
गीतसंगीतसँगै सञ्चार र सार्वजनिक जीवनमा सक्रिय रहेकी उनी केहीवर्ष देखि राजनीतिमा पनि सक्रिय छिन् । ‘सुनिदेऊ शिव’मार्फत उनले फेरि एकपटक तीजको गहिरो पक्ष दर्शाउने प्रयास गरेकी छन् ।
प्रतिक्रिया 4