+
+
Shares

यो साता बजारमा मूल्य धेरै बढेका यी १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारले यो साता १.०३ प्रतिशत वृद्धि गर्दै २७३१ अंकमा बन्द भयो र बैंकिङ समूहले ३.०६ प्रतिशत वृद्धि गर्‍यो।
  • नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा बढी २ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार गर्‍यो र हिमस्टार ऊर्जा कम्पनीको आईपीओ सर्वसाधारणका लागि खुलिरहेको छ।
  • विश्वका ठूला बजारहरूमा अमेरिकी डाओ जोन्स र चीनको सांघाइ कम्पोजिट सूचकले वृद्धि देखाएका छन् भने जापानको निक्की २२५ सूचकमा साता भरि थोरै गिरावट आएको छ।

२७ असार, काठमाडौं । यो साता सेयर बजार १.०३ प्रतिशत अर्थात् २८ अंक बढेको छ । गत साता २७०३ अंकमा रहेको बजार यो साता २७३१ अंकमा रहेर बन्द भयो । सातामा ५ दिन कारोबार हुँदा दुई दिन बजार घट्यो भने तीन दिन बढ्यो ।

पहिलो दिन आइतबार २.४० अंक बढेको बजार सोमबार २२.३५ अंक घट्यो । मंगलबार जम्मा ०.१४ अंक घट्यो । बुधबार फेरि २२.०४ र बिहीबार २५.८९ अंक बढ्यो ।

कारोबार रकम भने सामान्य छ । आइतबार ९ अर्ब ५० करोडको कारोबार भएको थियो । सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ६ अर्ब ५७ करोड, बुधबार ७ अर्ब ४५ करोड र बिहीबार ९ अर्ब ६८ करोडको भयो ।

असार मसान्त बैंकको साँवा तथा ब्याज भुक्तानीको समय भएकाले यो समय बजार घटाउन चाहनेले ठूलै ‘हाउगुजी’ देखाउँदै आएका थिए । तर यतिबेला भने सेयर बजार ४ महिना (फागुन २८) यताकै उच्च विन्दुमा छ । यो पटक असारको मध्य (१५ गते)बाटै बजारले वृद्धिको लय समातेको छ ।

शुक्रबार नै मौद्रिक नीति सार्वजनिक भएको छ । माैद्रिक नीति बजारअनुकूल देखिएकाले आगामी साता थप सकारात्मक प्रभाव पार्ने अनुमान छ ।

वाणिज्य बैंकका सेयरमा आकर्षण

यो साता वाणिज्य बैंकको सेयरमा आकर्षण देखिएको छ । बैंकिङ समूह सबैभन्दा धेरै ३.०६ प्रतिशत बढ्यो । यहीं समूहमा आएको उच्च वृद्धिले समग्र बजारलाई बढाएको छ । गत साता यो समूह ५.२३ प्रतिशत बढेको थियो । हाल बैंकिङ समूह १८ फागुनयताकै उच्च विन्दुमा छ ।

बैंकिङ बजारमा सबैभन्दा शक्तिशाली समूह हो । बजारमा विभिन्न १२ समूह रहेकामा बैंकिङ समूहको हिस्सा मात्रै २५.९ प्रतिशत छ ।

त्यसैले यो समूहले नै बजारलाई बढी प्रभाव पार्दछ । सस्तो मूल्यका वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । अहिले पनि बजारमा सूचीकृत भएका बैंकको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँदेखि ६७० रुपैयाँसम्म छ । सूचीकृत १९ बैंकमध्ये अझै पनि सात वटाको सेयर मूल्य प्रतिकित्ता २१८ देखि २५० रुपैयाँसम्म छ ।

धेरै कारोबार भएका कम्पनी

यो साता रकमका आधारमा धेरै कारोबार भएकामा कम्पनीमा नेपाल पुनर्बीमा अगाडि रह्यो । सो कम्पनीको २ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

त्यसपछि क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, राधि विद्युत्, साहस ऊर्जा, ङादी ग्रुप, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

कारोबार संख्याका आधारमा भने हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो । त्यसपछि साहस ऊर्जा, बुटवल पावर, ङादी ग्रुप, बरुण हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

आईपीओ/हकप्रद खुलेका छन् ?

हिमस्टार ऊर्जा कम्पनीको आईपीओ सर्वसाधारणका लागि खुलिरहेको छ । यसमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यसअघि खुलेको विकास हाइड्रोपावरको आईपीओ सम्भवतः आगामी साता बाँडफाँट हुनेछ । त्यस्तै आगामी बुधबारदेखि हिमालयन बैंकको एफपीओ सर्वसाधारणका लागि खुल्दैछ । बैंकले सर्वसाधारण समूहमा ३० प्रतिशत हिस्सा पुर्‍याउन ९२ लाख ५० हजार ४६९ कित्ता सेयर प्रतिकित्ता १५७ रुपैयाँका दरले निष्कासन गर्नेछ ।

त्यस्तै वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि माबिलुङ इनर्जीको आईपीओ खुलिरहेको छ । साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र पूरा बिक्री नभएमा स्थानीयबासीले १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेकालाई अर्को कम्पनी स्वस्तिक लघुवित्तको आईपीओ पनि खुलेको छ । साउन ९ गतेसम्म यस कम्पनीमा आवेदन दिन सकिनेछ ।

३ कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । छ्याङ्दी हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । छ्याङ्दीमा आज शुक्रबारसम्म, पिपुल्समा साउन ११ र तेह्रथुममा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

विश्वका ठूला बजार उकालोतिरै

विश्वका ठूला बजार पनि उकालोतिरै लागेका छन् । अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स यो साता ०.१९ प्रतिशत बढ्यो । विगत एक महिनामा यो सूचक ४.१६ प्रतिशत बढिसकेको छ । चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता १.९५ प्रतिशत बढ्यो । विगत एक महिनामा यो सूचक ३.९० प्रतिशत बढिसकेको छ ।

जापानको निक्की २२५ इन्डेक्स यो साता घटे पनि समग्रमा वृद्धिदर कायमै छ । यो सूचक यो सातामा ०.१६ प्रतिशत घटेको छ । विगत एक महिनामा भने यो सूचक ३.२५ प्रतिशत बढेको छ ।

लण्डनको एफटीएसई १०० सूचक साताभर १.७३ प्रतिशत बढ्यो । विगत एक महिनामा यो सूचक १.२६ प्रतिशत बढेको छ । भारतको बीएसई सेन्सेक्स यो साता १.०८ प्रतिशत घट्यो । विगत १ महिनामा स्थिर प्रायः रहेको यो सूचक ६ महिनामा ८.१२ प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?