
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ बराबर निर्धारण गरेको छ।
- राजस्व परामर्श समितिको बैठक काठमाडौं प्लाजामा महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको थियो।
- बैठकले पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय गर्दै बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
२७ असार, काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब रुपैयाँ बराबर निर्धारण गरेको छ ।
राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक आजै बसेको थियो ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको हो ।
बैठकले आगामी आवका लागि करिब २५ अर्ब ११ करोड बराबर बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।
बैठकमा प्रमुख साहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आवमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
प्रतिक्रिया 4