+
+
Shares

जिप र स्कुटर ठोक्किँदा २ जना घाइते

दोलखाको भीमेश्वर नगरपालिका-७ स्थित लामोसाघुँ-जिरी सडक-खण्डमा जिप र स्कुटर एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखाको भीमेश्वर नगरपालिका-७ स्थित लामोसाघुँ-जिरी सडक खण्डमा जिप र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन्।
  • घाइतेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-३ की ३३ वर्षीया विमला राई र भक्तपुर सूर्यविनायक नगरपालिका-८ का २३ वर्षीया कृषखालिङ अधिकारी रहेका छन्।
  • दोलखा प्रहरीले घाइतेहरूलाई पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा उपचारका लागि पठाएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

२७ असार, काभ्रेपलाञ्चोक । दोलखाको भीमेश्वर नगरपालिका-७ स्थित लामोसाघुँ-जिरी सडक-खण्डमा जिप र स्कुटर एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन् ।

शुक्रबार चरिकोटबाट मकैबारी तर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ५९२८ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२-०५५ प ०७५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका-३ भरोल बस्ने ३३ वर्षीया विमला राई र भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वार्षी कृषखालिङ अधिकारी रहेको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए ।

महतोका अनुसार राईको निधारमा र अधिकारीको दाहिने हातको पाता र बायाँ खुट्टाको घुंडामा चोट लागेको छ ।

उनीहरूलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट दोलखामा पठाइएको छ ।

जिप चालक र दुवै सवारी साधन नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?