+
+
Shares

आइन्दा ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले छाड्यो पूर्वराजाका सचिवलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते २०:१३

२७ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले उनका निजी सचिव फणिराज पाठकलाई छाडेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहाराका अनुसार, कागज गरेपछि उनलाई शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको छ । संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोष्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बिहान बोलाएको थियो ।

दिनभर केरकार गरेर राति उनी छुटेका हुन् ।

‘श्री ५ महाधिराज सरकार’ भन्दै निकालिएका विज्ञप्ति लगायतका विषयमा बुझ्न भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । साथै, उनलाई सचिवालयको आधिकारिकता लगायतका विषयमा पनि बुझ्न भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ज्ञानेन्द्र शाह राजा छँदा पाठक राजदरबार संवाद सचिवका रूपमा कार्यरत थिए । अहिले पनि पाठक पूर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवका रुपमा कार्यरत छन् ।

नेपालमा गणतन्त्र स्थापना भएपछि दरबारबाट निजी निवासमा रहेका पूर्वराजा शाहले बेलाबेला बिज्ञप्ति सार्वजनिक गर्ने गर्छन, जहाँ उनलाई राजतन्त्रकालमा जस्तै ‘श्री ५ महाराजधिराज’ भन्दै सम्बोधन गरिएको हुन्छ । पछिल्ला महिनाहरुमा ज्ञानेन्द्र सडकमै उत्रिएर प्रर्दशनमा सहभागी हुने र राजाबादी भन्दै गरिएका उग्र प्रर्दशनमा सद्भाव दर्शाउन थालेपछि सरकार उनका गतिविधिप्रति शसंकित हुँदै आएको थियो ।


उनका निजी सचिवलाई बोलाएर केराकार गर्नुले सरकार उनीप्रति कठोर रणनीति अपनाउन खोजेको देखिन्छ ।

‘श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने’ भन्दै उनलाई त्यसबारे सोधिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?