+
+
Shares

प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको अस्पताल उद्घाटन गरे।
  • उनले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरे ।
  • बृहत् खानेपानी आयोजनाको शिलान्यास पनि उनले गरे।

२८ असार, इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको आज उद्घाटन गरेका छन् ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभयो भने बृहत् खानेपानी आयोजनाको शिलान्यास पनि गरे । सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?