News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको बनेपा नगरपालिका २ घिमिरे गाउँका ५० वर्षीय राजु परियार टाउकोमा गम्भीर चोटसहित प्रकाश विकको आरनमा फेला परेका छन्।
- प्रहरीले राजुलाई शिर मेमोरियल अस्पताल बनेपामा पठाएको थियो र उनले आफैंले हथौडा प्रहार गरेको बताएका छन्।
- घटनास्थलबाट बन्चरो, हम्मर र हथौडा बरामद भएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
२९ असार, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका २ घिमिरे गाउँका राजु परियार टाउकोमा गम्भीर चोट लागेको अवस्थामा आरनमा फेला परेका छन् ।
५० वर्षीय परियार आफ्नो घरभन्दा करिब ७०० मिटर पर रहेको प्रकाश विकको आरनमा घाइते अवस्थामा फेला परेका हुन् ।
प्रकाशले नै प्रहरी चौकी नालामा खबर गरेपछि प्रहरी टोलीले राजुलाई शिर मेमोरियल अस्पताल बनेपामा पठाएको थियो । अस्पतालका चिकित्सकले सिटी स्क्यान गर्न भनेर रिफर गरे पनि परिवारका सदस्यले थप उपचार नगर्ने भनेर आज बिहान ६ बजेतिर घरतर्फ लगेको काभ्रे प्रहरीले जनाएको छ । उनी सामान्य बोल्न सक्ने अवस्थामा छन् ।
प्रहरीका अनुसार घाइते राजुले आफ्नो टाउकोमा आफैंले हथौडा प्रहार गरेको बताएका छन् । तर उनले के कारणले आफैंलाई हथौडाले हाने भन्ने खुलेको छैन ।
घटनास्थलबाट बन्चरो, हम्मर र हथौडा बरामद भएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4