
२९ असार, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकास्थित वामी-रिडी सडकखण्डको छेउमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आइतबार दिउँसो मुसिकोट नगरपालिका वडानम्बर–५ इन्द्रेगौडास्थित सडक छेउमा अन्दाजी ७०–७५ वर्ष उमेरको एक पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा ७ जनाको विशेष टोली पनि खटाइएको छ ।
मृतकको नाम, ठेगाना खुल्न नसकेको र पहिरनमा कालो ट्र्याक, पहेंलो टिसर्ट तथा निलो सर्ट लगाएका थिए । हाल घटनाको प्रकृति र मृतकको पहिचानबारे अनुसन्धान कार्य तीव्र रुपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4