+
+
Shares

प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ सुशासन आयोग ?

‘कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनताले, देशले खोजिरहेको छ,’ प्रतिनिधिसभाको बैठकमा लिङ्‍देनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सुशासन आयोगको खोजी गरेका छन्।
  • लिङ्देनले प्रतिनिधिसभाको बैठकमा भने, \'कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनताले, देशले खोजिरहेको छ।\'
  • उनले मन्त्रीहरू लेनदेन कान्डमा मुछिएको भन्दै नैतिकता भए राजीनामा वा बर्खास्त हुनुपर्ने बताए र गलत कार्यको विषयमा निरन्तर प्रश्न उठाउने चेतावनी दिए।

३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सुशासन आयोगको खोजी गरेका छन् ।

‘कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनताले, देशले खोजिरहेको छ,’ सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने ।

८ वैशाख २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा सुशासन आयोग गठन गरेको थियो । उक्त आयोगले के गरिरहेको छ भनेर राप्रपा अध्यक्ष लिङ्देनले संसद्‍मा प्रश्न गरेका हुन् ।

मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको भन्दै उनले नैतिकता भए त्यस्ता मन्त्रीको राजीनामा आउनुपर्ने वा बर्खास्त गरिनुपर्ने उनले बताए । मन्त्रीका गलत कार्यको विषयमा निरन्तर प्रश्न उठाइरहने उनको चेतावनी छ ।

भिजिट भिसामा जानेसँग अपारदर्शी रूपमा रकम लिने गलत कार्य भएको र जनताले पनि नियालिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?