+
+
Shares

बन्दना मिश्र मधुको ‘कविताको अन्नप्राशन’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राध्यापक वन्दना मिश्रको कविता सङ्ग्रह \'कविताको अन्नप्राशन\' काठमाडौंमा विमोचन गरिएको छ।
  • प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले महिलालाई प्रेरणा दिने भन्दै पुस्तक लोकार्पण गरेकी थिइन्।
  • लेखिका मिश्रले भारतबाट नेपाल विवाह भएर आएपछि नेपाली भाषा सिकेर कविता सङ्ग्रह प्रकाशन गरेको बताएकी छन्।

काठमाडौँ । प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को विमोचन गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहमा कविता सङ्ग्रह विमोचन गरिएको हो ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, पत्रकार नम्रता शर्मा, लेखक तथा पत्रकार रोहित भण्डारी र प्रकाशक रोश्ना सुवेदी मिश्रले संयुक्त रुपमा पुस्तक लोकार्पण गरिएको गरेका थिए ।

सो अवसरमा उपसभामुख राना मगरले ‘कविताको अन्नप्राशन’ले महिलालाई प्रेरणा दिने बताइन् । मधेसमा महिला हिंसाका घटना सुनिने गरेकामा आफ्नै सासूलाई कविता सङ्ग्रह प्रकाशन गर्न बुहारीले सघाएको सन्देशले अन्य महिलालाई हौसला दिने र साहित्यिक गतिविधि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो ।

‘एउटा बुहारीले सासूलाई पुस्तक लेख्न सघाएको र आफू प्रकाशक बसेको खबरले मलाइ हर्षित बनाएको छ’ उपसभामुख राना मगरले भनिन्, ‘लेखक मिश्रले विवाह भएर नेपाल आएपछि नेपाली भाषा सिकेर गर्नुभएको यो प्रयासको म प्रशंसा गर्छु ।’

यसरी महिलाहरूले एकआपसमा गर्ने सहकार्यले राम्रो नतिजा दिनुका साथै सामीप्यता र सद्भावलाई बढाउने उनले बताइन् ।

आफूले पनि कविता र गीत कोर्ने गरे पनि त्यसलाई पुस्तकको स्वरूप दिन नसकेकाले आफ्ना लागि पनि कवि मिश्रको कविता सङ्ग्रह प्रेरणा भएको उपसभामुख राना मगरले सुनाइन् ।

कविता सङ्ग्रहकी लेखिका मिश्रले आफू भारतबाट नेपाल विवाह भएर आएपछि सिकेको भाषा र आफ्नो साहित्यको दक्षतालाई पुस्तकको स्वरूप दिएको बताइन् ।

‘म सन् १९८६ मा नेपाल आएकी हुँ’ मिश्रले सुनाइन्, ‘यहाँ आएपछि भाषा सिकेँ, आज सोही कारण मैले कविता सङ्ग्रह ल्याउन सकेकी हुँ । यो मेरो सुरुआत हो, आउँदा दिनमा पनि म साहित्यलाई निरन्तरता दिन्छु ।’ उनले परिवारको साथकै कारण आफूले कोरेका शब्दलाई पुस्तक प्रकाशन गर्न सम्भव भएको जानकारी दिइन् । पुस्तकमाथि पत्रकार नम्रता शर्मा र रोहित भण्डारीले टिप्पणी राखेका थिए ।

कार्यक्रमको आयोजना फ्रन्टलाइन नेपाल प्रा.लि. ले गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?