+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्षलाई स्पष्टिकरण

पूर्वराष्ट्रपति भण्डारीलाई एमाले अध्यक्ष बनाउनुपर्ने पक्षमा खुलेका खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १८:३८

३० असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको भावी अध्यक्षका रुपमा वकालत थालेका राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टिकरण सोधिएको छ ।

संघका महासचिव महेश चौलागाईँले तीन दिनभित्र स–शरीर स्पष्टिकरण बुझाउन निर्देशन दिएका हुन् । ‘… धारा ४१ र धारा ४२ (क) र (ख) बमोजिम कारबाही किन नगर्ने वा गर्नु नपर्ने ? त्यसबारेमा आजका मितिबाट तीनदिन भित्र भौतिक रुपमा उपस्थित भई स्पष्टिकरण पेश गर्न हुन निर्देशन गरिन्छ’, चौलागाईँले पठाएको पत्रमा भनिएको छ ।

लुम्बिनी अध्यक्ष खरेलसलाई १०औं महाधिवेशनमा प्रतिनिधिहरु धम्काएको, अभद्र व्यवहार गरेको र सामाजिक सञ्जालमा पार्टी नेतृत्वबारे लाञ्छना लगाउने काम गरेको आरोप लगाइएको छ ।

स्पष्टिकरणको जवाफ पनि खरेलले पठाइसकेका छन् । जवाफमा खरेलले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका छन् ।

‘मतदान प्रक्रिया चलिरहँदा म आफू अध्यक्ष पदका उम्मेद्वार क.सुमन पुरीको प्रतिनिधि रही जिम्मेवारी बहन गर्ने क्रममा त्यहाँभित्र देखिएका केही गतिविधि लोकतान्त्रिक थिएनन्, त्यसै सिलसिलामा मबाट भएका केही प्रतिवादलाई लिएर लगाइएको गम्भीर आरोप आधारहीन मात्र छैन, कपोकल्पित रहेको महसुश गरेको छु’, खरेलले स्पष्टिकरणमा लेखेका छन् ।

सम्मानसहित पार्टी नेतृत्व परिवर्तनको कुरा सामाजिक सञ्जालमार्फत् उठाउनुलाई खरेलले लोकतान्त्रिक अभ्यास भनेका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई एमाले अध्यक्ष बनाउनुपर्ने पक्षमा खुलेका खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

उनले सामाजिक सञ्जालमा पनि यस्तै भाषामा स्टाटस लेखेका छन् । ओलीसँगै उभिएको तस्वीर राख्दै खरेलले केही दिन अगाडि लेखेका छन्, ‘… पार्टीको माया छ, र पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ । अब मार्गप्रशस्त तपाईले गर्नुपर्छ– जनता बोलिरहेका छन्, सुन्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?