+
+
Shares

बुधबारको ‘शार्क ट्यांक नेपाल’मा २ करोड १५ लाखको डिल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार प्रसारित पाँचौ एपिसोडमा चार स्टार्टअपले पिच गरे, जसमा दुईले मात्र लगानी जुटाउन सफल भए।
  • गुडविस कम्पनीले कार्यालयमा रोबोटमार्फत कार्य संचालनको अवधारणा पिच गरी चारै शार्कले २५ प्रतिशत एक्सचेन्जमा दुई करोड रुपैयाँ लगानी गरे।
  • मणिशंकर पाउरोटीले उत्पादन र बजार विस्तारको अवधारणा पेश गरी शार्क सौरभ ज्योतिले २५ प्रतिशत इक्विटीमा १५ लाख रुपैयाँ लगानी गरे।

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का पछिल्ला एपिसोड दर्शकमाझ रोचक बनिरहेका छन् ।

नवप्रवर्तन र उद्यमशिलतामा लगानी जुटाउन मद्दत गर्ने यो शोले टिभी र युट्युबमा भ्यूज पाउन लोभलाग्दो पाइरहेको छ ।

बुधबार प्रसारित पाँचौ एपिसोडमा ४ स्टार्टअप पिच गरिए, जसमध्ये २ ले मात्र लगानी जुटाउन सफल भए ।

गुडविस नामक सफ्टवेयर एण्ड आइटी कम्पनीले कार्यालयमा रोबोटमार्फत हुने कार्य संचालनको अवधारणा पिच गर्‍यो । यो स्टार्टअपमा चारै शार्कले २५ प्रतिशत एक्सचेन्जमा २ करोड रुपैयाँ लगानी जुटाइदिए ।

मणिशंकर पाउरोटीले उत्पादन र बजार विस्तारको अवधारणा पेश गर्‍यो । शार्क सौरभ ज्योतिले २५ प्रतिशत इक्विटीमा १५ लाख रुपैयाँ लगानी जुटाइदिए ।

लाइफस्टाइल प्रोडक्ट ‘किक’ र मेसिन पसलले स्टार्टअपको अवधारणा पेश गरे, तर यी दुई पिचसँग डिल हुन सकेन ।

‘शार्क ट्यांक नेपाल’ प्रत्येक साताको बुधबार र बिहीबार हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?