+
+
Shares

कोठा भाडामा लिएर लागु औषध कारोबार, ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १५:४६

१ साउन, काठमाडौं । कोठा भाडामा लिएर अवैध लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उपत्यकाबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको बेलबारी नगरपालिका–३ घर भएकी ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदम बहादुर मेहता छन् ।

आफू बस्ने डेरा कोठा भन्दा छुट्टै कोठा भाडामा लिएर उनीहरुले लागु औषध कारोबार गरेको पाइएको ब्यूरोका प्रवक्ता तथा एसपी जनकबहादुर शाहीले बताए ।

राईले बालाजु गंगाहल नजिक कोठामा लुकाएर राखेको अवस्थामा ३५ हजार ५९० क्याम्पसुल ट्रामाडोल र साढे १२ किलो गाँजा बरामद भएको छ ।

त्यसैगरी कुंगा र पदमको कोठाबाट बुप्रनोर्फिन, डाइजापाम, फेनार्गन गरी ३१ हजार १०१ एम्पुल बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?