+
+
Shares

लापसे गरेर सार्वजनिक सवारी चलाउने ८ चालकलाई कारबाही

यात्रुबाहक बस, ट्रिपरसहित अन्य साधनका चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १७:५८

१ साउन, काभ्रेपलाञ्चोक। काभ्रेमा कतिपय सवारीचालकले लागू पदार्थ सेवन (गाँजा) गरेर सार्वजनिक सवारी चलाउने गरेको पाइएको छ ।

यात्रुबाहक बस, ट्रिपरसहित अन्य साधनका चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको हो ।

सडक सुशासन तथा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने अभियानका साथ जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेल, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले सयुक्त रूपमा बनेपा-पनौती सडकको धनेश्वर क्षेत्रमा लापसे तथा लाइसेन्सको चेकिङ गरेको थियो ।

सार्वजनिक, मालवाहक तथा निजी सवारी साधनका ४० जना चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा ८ जनाले लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाजुले जानकारी दिए ।

उनका अनुसार ८ जनामा ६ जना पनौती-काठमाण्डौ चल्ने बसका चालक रहेका छन् भने ट्रिपर चालक र सुमो चालक एक-एक जना रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यम कानुनी कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । उनीहरूलाई एक महिनासम्म कैद वा दुई हजारसम्म जरीवाना हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?