+
+
Shares

हिमालयन क्यापिटल र एसियन ब्याट्रिजबीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता

सम्झौतापत्रमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) परमेश्वर पन्त र निष्कासक कम्पनी एसियन ब्याट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष सुरेश लोहनीले हस्ताक्षर गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १८:१२

१ साउन, काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड र एसियन ब्याट्रिज लिमिटेडबीच धितोपत्र सार्वजनिक निष्कासनका निम्ति धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

नेपाली बजारमा पूँजीे विकासका निम्ति नवीनतम प्रकृतिका सेवा प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटल लिमिटेडले देशको औद्योेगिक तथा ऊर्जा आत्मनिर्भरता क्षेत्रलाई प्रतिनिधित्व गर्ने एसियन ब्याट्रिज लिमिटेडसँग सेयर सार्वजनिक निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्झौता गरेको हो ।

३२ असारमा भएको सम्झौतामा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) परमेश्वर पन्त र निष्कासक कम्पनी एसियन ब्याट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष सुरेश लोहनीले हस्ताक्षर गरेका छन् ।

सन् २०१३ देखि व्यावसायिक उत्पादन थालेको एसियन ब्याट्रिजको उद्योग तथा रजिस्टर्ड कार्यालय मोरङ बुढीगंगा गाँउपालिका–४ मा छ भने हाल केन्द्रीय कार्यालय ललितपुर सानेपामा छ । कम्पनीको जारी पूँजी ६५ करोड रहेकोमा त्यसको २० प्रतिशत अर्थात् १३ करोड बराबरको १३ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

नेपालको सूचना प्रविधि, कृषि तथा रियल इस्टेट क्षेत्रमा संलग्न प्रभावशाली व्यक्तिहरूद्वारा स्थापित एसियन ब्याट्रिजले छोटो समयमै गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्ने भरपर्दो नेपाली उत्पादकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । कम्पनीले नेपालमा हाल सवारीसाधन, विद्युतीय रिक्सा स्कुटर, मोटरसाइकल तथा सोलारमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको छ ।

यस कम्पनीले विभिन्न किसिमको ब्याट्री प्रशोधन गरी लिड, अक्साइड उत्पादन गरी आन्तरिक बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा लिथियम ब्याट्री उत्पादन गर्ने र प्रयोग भइसकेको ब्याट्रीको पुनः प्रशोधन गर्नुका साथै नेपालकै सबैभन्दा विश्वासिलो र प्राथमिक पावर सोलुसन ब्रान्ड बन्ने उद्देश्य राखेको छ । यसले ग्राहकलाई गुणस्तरीय, भरपर्दो, वारेन्टी सहित उत्पादन र छिटो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

देशका विभिन्न प्रमुख स्थानमा रहेका १० शाखामार्फत कम्पनीले सेवा तथा उत्पादनको सहज पहुँच सुनिश्चित गरेको छ । नेपालमै निर्माण भएका एसियन ब्याट्रिजका उत्पादन गुणस्तरमा अब्बल, प्रयोगमा सरल र मूल्यमा सुलभ छन् । जसले घरायसी तथा व्यावसायिक दुवै प्रयोगकर्ताका लागि पूँजीगत खर्च र सञ्चालन खर्च घटाउन सहयोग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?