
१ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका-१ घर भइ काठमाडौं टोखा बस्दै आएका ३९ वर्षीय विजय मिश्र छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वनस्थलीबाट बिहीबार पक्राउ गरेको हो ।
बैंकिङ कसुरको मुद्दामा लमजुङ जिल्ला अदालतले उनलाई २ लाख रुपैयाँ जरिवाना, १ दिन कैद र ८ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला गरेको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि लमजुङ पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4