+
+
Shares

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता

नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग भेट गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनले रसुवागढी नाकामा अस्थायी पुल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
  • नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग बाढीबाट क्षतिग्रस्त सडक र सीमा पुल पुनर्निर्माणमा छलफल गरेका छन्।
  • मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैंअघि नै पुल निर्माण हुने अपेक्षा राखिएको जानकारी दिएका छन्।

१ साउन, काठमाडौं । चीनले रसुवागढी नाकामा अस्थायी पुल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग भेट गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीबाट क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माण लगायत विषयमा छलफल भएको हो ।

भेटमा क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको मन्त्रालयले जनाएको छ । सीमा पुल भएको स्थानमा जतिसक्दो छिटो अस्थायी पुल बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको मन्त्रालयले उल्लेख गरेको छ ।

चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजना टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायत विषयमा पनि छलफल भएको थियो ।

छलफलमा राजदूत सङले काठमाडौ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिटै सुुरु हुने बताए ।

भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे ।

छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढीले क्षतिग्रस्त बनाएको सीमापुल रहेको स्थानमा दसैंअघि नै पुल निर्माण हुने अपेक्षा राखिएको बताए । मन्त्री दाहाल, मन्त्रालय एवं सडक विभागका अधिकारीबीच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिए ।

बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवतजावतमा कठिनाइ भएपछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आएका छन् ।

छलफलमा सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसी लगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?