+
+
Shares

काठमाडौं महानगरको छात्रवृत्ति परीक्षा शनिबार

महानगरले तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम मार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीलाई अवसर प्रदान गर्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १८:५४

२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२÷८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीको प्रवेश परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण प्रदान गरेको छ ।

महानगरले तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम मार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीलाई अवसर प्रदान गर्दै आएको छ ।

यस वर्षको प्रवेश परीक्षाका लागि देशभरिका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी छनोट भएका छन् । छनोट भएका विद्यार्थीमा विज्ञान संकायका लागि ११ हजार ५ सय ९०, व्यवस्थापनका लागि ४ हजार १ सय ६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २ सय ५६ जना समावेश छन् ।

छात्रवृत्ति प्रवेश परीक्षा भोलि शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०÷३० र सामान्य ज्ञानबाट १० गरी कुल १ सय बहुवैकल्पिक प्रश्न सोधिनेछन् ।

उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ र गलत उत्तरका लागि नकारात्मक अंकन गरिने छैन । छनोट भएका विद्यार्थीले १ साउनदेखि महानगरको आधिकारिक वेबसाइट मार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्ने छन् ।

महानगरको शिक्षा विभागले परीक्षा व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवाली र शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले परीक्षा सञ्चालन, सुरक्षा व्यवस्था, प्रश्नपत्रको गोप्यता, उत्तरपुस्तिका व्यवस्थापन र अनुशासन सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । अभिमुखीकरणमा सहरी योजना आयोग सदस्य, सहायक विज्ञ, शिक्षा विभागका कर्मचारी र परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता थियो ।

अभिमुखीकरण सामग्रीमा केन्द्राध्यक्षहरूको जिम्मेवारी, परीक्षा व्यवस्थापन, सम्भावित चुनौती समाधान र सुरक्षात्मक उपाय समेटिएका छन् । केन्द्राध्यक्षहरूले परीक्षा सुरु हुनुभन्दा एक घण्टाअघि नै उपस्थित भई सिट योजना, प्रश्नपत्र र उत्तरपुस्तिकाको सुरक्षा, विद्यार्थी परिचय प्रमाणीकरण र अनुशासन कायम गर्नुपर्ने छ । प्रश्नपत्रको गोप्यता कायम राख्न कडा नियम लागु गरिएको छ र कुनै अनियमितता भए तुरुन्त प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?