+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विद्या भण्डारीको सदस्यता नवीकरणबारे ओलीले मुख खोले

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १९:३४

२ साउन, काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरिनसकेको दाबी गरेका छन् ।

पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले शुक्रबार यस्तो बताएका हुन् ।

यसअघि भण्डारीले आफ्नो सदस्यता नवीकरणका लागि यसअघि नै प्रक्रियामा गइसकेको भनेकी थिइन् । ओलीले भने कसैले उचालेका भरमा भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताए ।

‘कसैले उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन, उहाँप्रतिको विश्वासको कुरा हुन्छ, पार्टीको सदस्यता नविकरण भएको छैन, सदस्यताको निर्णय कमिटीले गर्छ,’ ओलीले बैठकमा भने, ‘बिधिसम्मत छलफल गरेर निर्णय गर्ने हो, यो मेरो व्यक्तिगत धारणा हो ।’

ओलीले भण्डारीको सक्रिय राजनीति चाहनाबारे मिडियाबाट थाहा पाएको भन्दै उनले संवैधानिक व्यवस्थाको सम्मान गर्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?