+
+
Shares

तम्घास-सिमलटारी कालोपत्र सडकको हालत : पानी पोखरी र खाल्डै खाल्डा (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते ८:३०

३ साउन, गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै जोखिम बढेको छ ।

जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास-छल्दी खण्डका घुम्तीमै सडक भत्किएपछि यात्रा जोखिम बन्दै गएको हो ।

सडक कार्यालयको बेवास्ताका कारण दिनहुँ सडक जीर्ण र जोखिम बन्दै गएको छ । नालीमा घाँस र माटो भरिएर सडकबाटै वर्षातको भेल बग्ने गरेको छ ।

राजमार्गका विभिन्न ठाउँमा कतै खाल्डा र कतै पानी पोखरी बनेका छन् । सामान्य मर्मत गरेर सुधार गर्न सकिने भए पनि बेवास्ता गरिएको छ ।

कालोपत्रे सडक भत्किएको वषौं बित्दासमेत मर्मत गरिएको छैन । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर, अहिले विभिन्न ठाउँमा सडक भत्किएर जोखिम बढ्दै  गएको छ । ६ वर्ष पहिले कालोपत्रे भएको तम्घास–सिमलटारी सडकखण्ड जीर्ण बनिरहेको छ ।

समयमै सडक हस्तान्तरण र मर्मत नहुँदा सडक जीर्ण बन्दै गएको हो । राजमार्गको विभिन्न स्थानमा सडक भत्किएको छ ।

कालोपत्रे सडकको जोखिम ठाउँमै भत्किन थालेसँगै राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् । बिरामीहरू लिएर रातको समय हिँड्दा निकै जोखिम बढदै गएको सवारी चालक प्रदीप जिसीले बताए ।

उनले मुख्य राजमार्गका यस्तो अवस्था भएको लामो समय बित्दा समेतसम्बन्धित निकायको ध्यान नजानु दु:खद् पक्ष रहेको बताए । सडक जीर्ण बन्दै जान थालेपछि साना सवारी सधानहरुलाई समस्या पर्दै गएको अटो चालक केशव कुँवरले बताए ।

राजमार्गमा यात्रा गर्दा जोखिम ठाउँमा ठूला सवारी सधानहरुले पेलेर आउँदा निकै जोखिम मोल्नु परेको कुँवरले बताए । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले सडकमा ट्राफिक संकेतलगायत अन्य काम गरे पनि मुख्य मर्मतको काम गरेको छैन् ।

कार्यालयले निरन्तर राखेर नाली सफाइको काम पनि गर्ने गरेको छैन् । जसले गर्दा सडको नाली भरिएको, घाँस उम्रिएर अवस्था केही ठाउँमा अझै छ ।

सडकको छल्दी लगायतका धेरै ठाउँमा सहायक सडक विस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक बिग्रिएको छ ।

करिब एक अर्बको लागतमा लागतमा कालोपत्रे गरिएकोमा राजमार्ग भएर गुल्मी क्षेत्रनम्बर-२ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान आउ–जाउ गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?