+
+
Shares

धरानमा बजेट अनिश्चित, कर्मचारीको नियुक्ति भने नवीकरण

आइतबारको बैठकमा सहमति जुटे बजेट निर्माणको प्रक्रिया अघि बढ्ने उपप्रमुख बेघाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते २१:०६

३ साउन, विराटनगर । आन्तरिक किचलोका कारण धरान उपमहानगरपालिका बजेट अनिश्चित बनेको छ । मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको राजनीतिक द्वन्द्वले चालु आर्थिक वर्ष २०८२–८३ को बजेट अनिश्चित भएको हो ।

धरानको बजेट निर्माणका लागि भन्दै बजेट सीमा निर्धारण समितिको बैठक ८ पटक बसिसकेको छ । तर सहमति जुटेको छैन । समितिको ९ औं बैठक आइतबार बस्ने तयारी छ । आइतबारको बैठकमा सहमति जुटे बजेट निर्माणको प्रक्रिया अघि बढ्ने उपप्रमुख बेघाले जानकारी दिए ।

उनका अनुसार राजस्व परामर्श समितिले २ अर्बको बजेट सीमा दिएको छ । सोही सीमा भित्र रहेर बजेट सीमा निर्धारण समिति भित्र सहमति खोज्ने प्रयास भइरहेको छ । यो समितिको संयोजक नगर प्रमुख छन् । तर आठ पटक बसेको बैठकमा सहमति नजुटेको उपप्रमुख बेघाले बताए । ‘आठ पटक बैठक बसियो, तर सहमति जुटेको छैन, भोलि फेरि बस्दैछ,’ उनले भने, ‘हामी सबैको कमजोरीका कारणले हो सहमति नभएको, सीमा निर्धारण समितिमा हामी नै छौं ।’

बजेट निर्माण नभएपनि कार्यपालिका बैठकले करार र ज्यालादारी कर्मचारीको नियुक्ती नविकरण गर्ने निर्णय गरेको छ । असार २५ गते बसेको कार्यपालिका बैठकले ज्यालादारी कर्मचारीको नियुक्ति नवीकरण गर्ने निर्णय गरेको उपमेयर बेघाले जानकार दिए ।

तर उनीहरूको तलब भुक्तानीको विषय भने बजेट निर्माण भएपछि मात्रै अघि बढ्नेछ ।

बजेट निर्माण नभएका कारण अतिआवश्यक कार्यका लागि खर्च रोकिएको बताउँदै उनले राजस्व संकलन पनि प्रभावित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?