
४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरिएको कारबाही फिर्ता गर्न कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।
संयुक्त रुपमा वक्तव्य जारी गर्दै १५ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले कारबाही फिर्ता गर्न माग गरेका हुन् ।
पार्टीको स्थापनाकालदेखि सक्रिय रहेका गरीलाई पदमुक्त गरेकोप्रति ध्यानाकर्षण गराउँदै उनीहरुले विधानविपरीत भएको कारबाही तत्काल फिर्ता गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरेका छन् ।
पार्टी सञ्चालनको विषयलाई लिएर जारी गरिएको वक्तव्यमा गिरी पनि सहभागी भएपछि अध्यक्ष लिङ्देनले मुदमुक्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष गिरी, महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त वक्तव्य जारी गर्दै लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।
आफूमाथि प्रश्न उठ्न थालेपछि लिङ्देनले सामाजिक सञ्जालमा समेत पार्टीबारे लेख्न र बोल्न बन्देज लगाएका छन् । त्यसो गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन् ।
पदमुक्त गरिएका गिरी आजै निर्वाचन आयोग जान लागेका छन् । विधानविपरीत कारबाही गरिएको भन्दै उनी आयोग जान लागेका हुन् ।
गिरीको कारबाही फुकुवाको माग गर्दै संयुक्त अपिल गर्नेहरू –
१. कुन्ति कुमारी शाही, महामन्त्री
२. दिपबहादुर शाही, अध्यक्ष, कर्णाली प्रदेश
३. सत्यबहादुर शाही, केन्द्रीय सदस्य, कालीकोट
४. कालिबहादुर शाही, केन्द्रीय सदस्य, हुम्ला
५. सुनिता शाह, केन्द्रीय सदस्य, सुर्खेत
६. सौरेन्द्र बहादुर शाह, सहायक महामन्त्री, रुकुम पश्चिम
७. यज्ञ बहादुर सिंह, केन्द्रीय सदस्य, जाजरकोट
८. जनक सिंह ठकुरी, केन्द्रीय सदस्य, सुर्खेत
९. भिम बहादुर शाही, केन्द्रीय सदस्य, जुम्ला
१०. अनुपम सिं श्रेष्ठ, केन्द्रीय सदस्य, सल्यान
११. दिपक मल्ल, केन्द्रीय सदस्य, रुकुम पश्चिम
१२. दिपक खनाल, केन्द्रीय सदस्य, जाजरकोट
१३. बबिता शहाी, केन्द्रीय सदस्य, दैलेख
१४. धनसुर शाही, केन्द्रीय सदस्य, कालिकोट
१५. अमर गिरी, आमन्त्रित केन्द्रीय सदस्य, सल्यान
१६. टीका योगी, अध्यक्ष, सुर्खेत काठमाडौं सम्पर्क समाज
प्रतिक्रिया 4