+
+
Shares
बलिउड :

‘सैयारा’ले नेपाल र भारतमा कति कमायो ?

‘सैयारा’ले आइतबार दिउँसो ४ः३० सम्म नेपालको बक्सअफिसमा ९७ लाख रुपैयाँ ग्रस कमाइ गरेको देखिएको छ । पहिलो सप्ताहन्तमा फिल्मले सुखद अकुपेन्सीसहित कमाइ गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड फिल्म 'सैयारा'ले दुई दिनमा ४८.२५ करोड भारु कमाएको छ भने तेस्रो दिनमा ५० करोड भारु नाघेको छ।
  • यो फिल्मले राजकुमार रावको 'मालिक', शाहिद कपुरको 'देवा', काजलको 'मा' र जोन अब्राहमको 'डिप्लोम्याट'लाई कमाइमा उछिनेको छ।
  • नेपालमा 'सैयारा'ले पहिलो सप्ताहन्तमा ९७ लाख रुपैयाँ कमाएको छ र विशेषगरी युवा दर्शकले मल्टिप्लेक्समा रुचाएका छन्।

मुम्बई । मोहित सुरी निर्देशित बलिउड रोमान्टिक ड्रामा ‘सैयारा’ले भारतीय बक्सअफिसमा उत्कृष्ट कमाइ गर्दै सबैलाई चकित तुल्याएको छ ।

शुक्रबार २२ करोड भारु ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार २६.२५ करोड भारु कमायो । दुई दिनमा फिल्मको कूल कलेक्सन ४८.२५ करोड हुन आउँछ ।

तेस्रो दिन फिल्मको कमाइ ५० करोड भारु नाघेको छ । हिट फ्रेन्चाइजको हिस्सा नरहेको, ठूला स्टार नभएको, फेस्टिभल र बिदाको दिनमा रिलिज नभएको र भव्य प्रचार शैली नगरेको यो फिल्मको कमाइले धेरैलाई अचम्मित तुल्याएको छ ।

दुई दिनमै यो फिल्मले राजकुमार राव स्टारर ‘मालिक’को २३.२७ करोड भारु, शाहिद कपुर स्टारर ‘देवा’को ३३.९७ करोड, काजल स्टारर ‘मा’को ३८.५१ करोड भारु, जोन अब्राहम स्टारर ‘डिप्लोम्याट’को ४०.७३ करोड भारुलाई उछिनेको छ ।

साथै यसले तेस्रो दिनमा अनुराग बासुको ‘मेट्रो…’लाई समेत उछिनेको छ । ‘सैयारा’ अहान पाण्डेको स्क्रिन डेब्यु हो भने अनित पड्डाको फिल्ममा डेब्यु हो ।

यो रोमान्टिक ड्रामा फिल्मलाई विशेषगरि युवा पुस्ताले रुचाएका छन् । नेपालमा समेत यसले सुखद कमाइ गरिरहेको देखिएको छ ।

नेपालमा करोड

काठमाडौं । ‘सैयारा’ले आइतबार दिउँसो ४ः३० सम्म नेपालको बक्सअफिसमा ९७ लाख रुपैयाँ ग्रस कमाइ गरेको देखिएको छ । पहिलो सप्ताहन्तमा फिल्मले सुखद अकुपेन्सीसहित कमाइ गरेको थियो ।

विशेषगरि मल्टिप्लेक्समा युवा दर्शकले यो फिल्मलाई हेरिरहेका छन् । मोहित सुरी निर्देशित ‘आशिकी’ श्रृंखलाले नेपाली बजारमा राम्रो कमाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?