४ साउन, काठमाडौं । झापा दमकस्थित ‘दमक टावर’ अवलोकनमा दैनिक ४ सयभन्दा धेरै मानिस पुग्न थालेका छन् । यो व्यापारिक कम्प्लेक्स १ साउनदेखि सर्वसाधारणका लागि खुला भएको हो ।
१ साउनका दिन ४ सय १८ सर्वसाधारणले अवलोकन गरेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ साउनमा ३ सय ८१ र ३ साउनमा ४ सय ८१ जनाले अवलोकन गरेका थिए ।

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङका अनुसार यो टावर बिहान १० देखि बेलुकी ५ बजेसम्म खुला गरिएको छ । टावर अवलोकन शुल्क प्रतिव्यक्ति १ सय रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4