+
+
Shares

नीतिगत दर परिवर्तनपछि पहिलो निक्षेप संकलन, औसत ब्याजदर २.७४ प्रतिशत

आइतबार केन्द्रीय बैंकले जारी गरेको ४२ दिने ५० अर्ब निक्षेप संकलनका लागि ५६ अर्ब ६० करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १९:१९

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार नयाँ आर्थिक वर्ष सुरु भएपछिको पहिलो निक्षेप संकलन उपकरण जारी गरेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत स्थायी निक्षेपको ब्याजदर घटाएपछि तरलता खिच्न प्रयोग भएको यो पहिलो निक्षेप संकलन हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षदेखि ब्याजदर करिडोरको माथिल्लो सीमा ६ प्रतिशत कायम गरेको छ । त्यसैगरी तल्लो सीमा २.७५ कायम गरेको छ भने नीतिगत दर ५ प्रतिशतमा झारेको छ ।

करिडोको तल्लो सीमा घटेसँगै केन्द्रीय बैंकले आइतबार ५० अर्ब रुपैयाँ प्रणालीबाट खिचेको हो । केन्द्रीय बैंकले उक्त निक्षेप संकलन उपकरणमा दिने ब्याजदर करिडोरको तल्लो सीमाभन्दा धेरै दिँदैन । तर, पनि निक्षेप संकलन ब्याजदर भने बोलकबोल विधिमार्फत निर्धारण हुन्छ ।

आइतबार केन्द्रीय बैंकले जारी गरेको ४२ दिने ५० अर्ब निक्षेप संकलनका लागि ५६ अर्ब ६० करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

तर, केन्द्रीय बैंकले अधिकतम ब्याजदर करिडोरको तल्लो सीमाभन्दा माथि दिएको छैन भने न्यूनतम २.७४ प्रतिशतसम्मको ब्याजदरमा निक्षेप संकलन गरेको छ । आइतबारको निक्षेप संकलनको औसत ब्याजदर २.७४७६ प्रतिशत कायम छ ।

आइतबारसम्ममा केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको ६ खर्ब ९३ अर्ब ९३ करोड रुपैयाँ छ । यो रकम निक्षेप संकलनको ४ खर्ब हो भने स्थायी निक्षेप सुविधाको २ खर्ब ९३ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?