+
+
Shares

राप्रपा विवाद : मुकुन्दश्यामलाई पुनर्बहाली गर्न कर्णालीका जिल्ला अध्यक्षहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते ८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशका ९ जिल्लाका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूले मुकुन्दश्याम गिरीमाथिको कारबाही फिर्ता गरी पुनर्बहाली गर्न संयुक्त अपिल गरेका छन्।
  • पदमुक्त गिरीले कारबाही अवैधानिक भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्।
  • अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा पार्टीबारे लेख्न र बोल्न बन्देज लगाएका छन् र अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्।

५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरिएको कारबाही फिर्ता गर्न कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा अपिल गरेका छन् ।

९ जिल्लाबाट अध्यक्षहरू संयुक्त रुपमा वक्तव्य जारी गर्दै कारबाही फिर्ता गरी तत्काल साविककै पदमा पुनर्बहाली गर्न माग गरेका हुन् ।

गिरीलाई पदमुक्त गर्दा कर्णालीमा पार्टी संगठन कमजोर बन्ने भन्दै उनीहरुले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ता लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरेका छन् ।

गिरी पार्टीको स्थापनाकालदेखि सक्रिय रहेका थिए । पार्टी सञ्चालनको विषयलाई लिएर चार जना पदाधिकारीले जारी गरेको वक्तव्यमा गिरी पनि सहभागी भएपछि अध्यक्ष लिङ्देनले मुदमुक्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष गिरी, महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त वक्तव्य जारी गर्दै लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

आफूमाथि प्रश्न उठ्न थालेपछि लिङ्देनले सामाजिक सञ्जालमा समेत पार्टीबारे लेख्न र बोल्न बन्देज लगाएका छन् । त्यसो गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन् ।

पदमुक्त गरिएका गिरीले आफूमाथिको कारबाही अवैधानिक भएको भन्दै आइतबार निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

कारबाही फिर्ताको अपिल गर्नेहरु :

१. कृष्णविक्रम शाह, अध्यक्ष, जाजरकोट

२. भक्तबहादुर शाही, अध्यक्ष, दैलेख

३. हंशबहादुर मल्ल, अध्यक्ष, कालीकोट

४. राजबहादुर मल्ल, अध्यक्ष, मुगु
   (सहमति दिएको, प्राविधिक कारणले हस्ताक्षर प्राप्त नभएको)

५. बेदबहादुर शाही, अध्यक्ष, जुम्ला

६. विनोदकुमार शाह, अध्यक्ष, रुकुम पश्चिम

७. प्रेमबहादुर रावत, उपाध्यक्ष, हुम्ला

८. सल्यान, जिल्ला अधिवेशन सम्पन्न भएको, अध्यक्ष चयन हुन बाँकी)

९. अन्जु बस्याल, उपाध्यक्ष, सुर्खेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?