+
+
Shares

भूमि विधेयकबारे कांग्रेसले गर्‍यो भूमि व्यवस्था मन्त्रीसँग छलफल

कांग्रेसले मन्त्री बलराम अधिकारीलाई संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएर भूमि विधेयकबारे छलफल गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १४:४६
मन्त्री बलराम अधिकारी । तस्वीर : फाइल ।

५ असार, काठमाडौं । नेपाली कांग्रेसले भूमि विधेयको विषयमा विभागीय मन्त्री र सचिवसँग छलफल गरेको छ । कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग संसदीय दलको कार्यालय सिंहदरबारमा आमन्त्रण गरेर छलफल गरेको हो ।

छलफलमा कांग्रेस महामन्त्रीद्वय गगन थापा, गृहमन्त्री रमेश लेखक, विधेयकमा संशोधन प्रस्ताव राख्ने कांग्रेसका सांसदहरू सहभागी थिए । कांग्रेसले भूमि विधेयकमा थप छलफलको आवश्यकता रहेको भन्दै समितिमा पठाउनुपर्ने माग गरेको राख्दै आएको छ । थप छलफलको आवश्यकता रहेकाले कार्यसूचीमा नराख्न कांग्रेसको अडानका कारणले २५ असारमा प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको थियो ।

सरकार पक्ष र संशोधन पक्षसँग भएको छलफलमा भूमि विधेयकमा थप छलफल आवश्यक रहेको निष्कर्ष निकालिएको कांग्रेस सांसद प्रतिमा गौतमले जानकारी गराइन् । ‘विधेयक जस्ताको तस्तै पारित गर्न हुँदैन भन्ने कुरा भएको छ । संशोधनकर्ता अन्य दलका सांसदसँग पनि मन्त्रालयले छलफल गर्ने कुरा भएको छ’, गौतमले भनिन्, ‘विधेयक सकेसम्म समितिमा पठाऔं भन्ने हाम्रो माग हो । संशोधनकर्ताहरू  सबैसँग छलफल गरेर सहमति जुट्न सक्यो भने राम्रै भयो । मन्त्रालयले अरु पक्षसँग पनि छलफल गरेर सहमतिमा विधेयक अघि बढाउन उपयुक्त हुने ठहर गर्‍यौं ।’

भूमि विधेयकमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्मासहित १० सांसदले संशोधन प्रस्ताव राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?