+
+
Shares

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो, चुक्ता पूँजी साढे २ अर्ब पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्स्योरेन्सले ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्कासन गरी चुक्ता पूँजी २ अर्ब ५४ करोड पुर्‍याउने योजना बनाएको छ।
  • हकप्रद सेयरमा आवेदन साउन २६ गतेसम्म खुला रहनेछ र जेठ २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन्।
  • कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए माइनस रेटिङ पाएको छ र सोमबार बजार बन्द हुँदा सेयर मूल्य ६७० रुपैयाँ रहेको छ।

६ साउन, काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन खुलेको छ । जेठ २९ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हालको १० कित्ता बराबर ३.४७८३ कित्ताका दरले हकप्रद सेयरमा आवेदन खुलाएको छ । साउन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनका लागि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड रुपैयाँ छ । ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्कासनपछि चुक्ता पूँजी ६५ करोड ७६ लाख रुपैयाँ थप हुन गई २ अर्ब ५४ करोड पुग्नेछ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनीको दायित्व वहन क्षमता औसतभन्दा राम्रो स्तरमा रहेको जनाउँछ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?