+
+
Shares

भदई बैठाका छोराका लागि जुट्यो साढे ६ लाख सहयोग, स्वास्थ्य सुधारोन्मुख

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १९:२५
वीर अस्पतलमा उपचाररत सुनिल । साथमा उनको बुबा-आमा/ फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदई बैठाका छोरा सुनिलको स्वास्थ्य सुधारोन्मुख भएको चिकित्सकले बताएका छन् ।
  • उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार सुनिल बिस्तारै हिँड्डुल गर्न सक्ने भएका छन् ।
  • सुनिलको उपचारका लागि करिब साढे ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।

६ साउन, काठमाडौं । भदई बैठाका छोरा सुनिलको स्वास्थ्य सुधारोन्मुख भएको चिकित्सकले बताएका छन् । उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार सुनिल बिस्तारै हिँड्डुल गर्न सक्ने भएका छन् ।

‘सुनिलको स्वास्थ्य सुधारोन्मुख छ । बिस्तारै बोल्न पनि थालिसकेका छन्,’ डा. झाले भने ।

डा. झाका अनुसार सुनिलको टाउकोको ट्युमर सानो हुँदै गएको छ ।

अनलाइनखबरमा ‘बेड नम्बर ३२२ : एक बुबाको अन्त्यहीन वेदना’ समाचार प्रकाशन भएपछि धेरै मनकारीले सहयोगका लागि हात बढाए ।

बैठाका अनुसार करिब साढे ६ लाख रकम बैंक खातामा र प्रत्यक्ष भेटेर सहयोग प्राप्त भएको हो ।

‘अस्पतालको फार्मेसीमा तिर्न बाँकी पैसा तिरिदिएँ । उपचारमा लाग्ने खर्च त्यसैबाट गरेको छु,’ बैठाले भने, ‘यो रकमले मलाई ठूलो राहत मिल्यो ।’

टाउको दुख्ने, बान्ता हुने, आँखा कम देख्ने लगायत समस्या देखिएपछि एक वर्ष अघि सुनिल उपचारका लागि वीर अस्पताल आएका थिए ।

उपचारको क्रममा उनको सिटीस्क्यान गराउँदा ब्रेनभित्र ठूलो ट्युमर फैलिएको देखियो । उनको टाउकोको पाँच भागमध्ये एक भाग ट्युमरले ओगटेको थियो । दिमागको दुवैतिर फैलिएको, अगाडि, पछाडि चारैतिर फैलिएको अवस्थामा ट्युमर थियो ।

डा. झाका अनुसार ट्युमर दिमागको सबै भागमा फैलिने कमै हुन्छ । यो डरलाग्दो ठाउँको ट्युमर हो ।

करिब १० सेन्टिमिटरको ट्युमर थियो । ट्यमुरलाई हटाउनका लागि तीन चरणमा शल्यक्रिया भयो । पहिलो सर्जरीमा ट्युमरको सबैभन्दा कडा र दृष्टिमा असर पुर्‍याएको भाग हटाए । त्यसपछि बिरामीको बोली र दृष्टिमा सुधार देखा पर्न थालेपछि दोस्रो सर्जरीबाट बाँकी ट्युमर हटाइयो । तेस्रो चरणमा ट्युमरका कारण मस्तिष्कमा पानी जम्ने समस्या देखिएपछि भेन्ट्रिकुलोपेरिटोनियल सट राखी ट्युमरबाट छुट्टिने पानी बाहिर निकाल्न पाइप राखिएको छ । ट्युमर पलाइरहेका कारण किमोथेरापी र रेडियसन थेरापी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?