+
+
Shares

कम्युनिष्ट आन्दोलनको भविष्य छ, निराश हुनु पर्दैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १०:४९
पाइल तस्वीर

७ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन ।

चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने उनको विश्वास छ ।

अध्यक्ष नेपालले आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्न पनि सुझाए । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?