
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'सैयारा'ले पाँच दिनमा भारतमा १३३.७५ करोड नेट भारु कमाएको छ।
- नेपालमा 'सैयारा'ले बुधबार अपरान्हसम्म २ करोड ५३ लाख ग्रस कमाइ गरेको छ।
- फिल्म सफल हुनुमा नयाँ कलाकार, मोहित सुरीको निर्देशन, संगीत, कथावाचन, बजारीकरण र 'वर्ड अफ माउथ' मुख्य कारण हुन्।
काठमाडौं । बक्सअफिस र फिल्म बजारका धेरै नियमलाई भत्काउँदै ‘सैयारा’ले भारतमा कीर्तिमानी कमाइ गरेको छ । फिल्मले पाँच दिनमा भारतभर १३३.७५ करोड नेट भारु कमाएको छ ।
यो फिल्मले नेपालमा समेत उत्कृष्ट कमाइ गरेको देखिएको छ । बुधबार अपरान्हसम्म यो फिल्मले नेपालमा २ करोड ५३ लाख ग्रस कमाइ गरेको छ । यो संख्या उत्साहजनक अवश्य हो ।
उत्साहजनक यसअर्थमा कि, कुनै ठूला स्टार नभएको यो फिल्मले ‘वर्ड अफ माउथ’कै आधारमा नेपाली बक्सअफिसमा उत्कृष्ट कमाइ गर्न सकेको हो । डेटाअनुसार, यो फिल्मलाई युवापुस्ताका दर्शकले हेरिरहेका छन् ।
यो फिल्म सुपरहिट हुनुमा भारतीय मिडियाले केही तत्व देखेका छन् । नयाँ कलाकार अहान पाण्डे र अनित पड्डाको फ्रेस जोडी, मोहित सुरीको निर्देशन, शक्तिशाली संगीत, हृदयस्पर्शी कथावाचन शैली, राम्रो बजारीकरण र सोसल मिडिया प्रवर्धन, बलियो ‘वर्ड अफ माउथ’ र समीक्षकको प्रतिक्रिया, कम बजेट र उच्च प्रतिफललाई फिल्म सफल हुनु पछाडिको कारण मानिएको छ ।
प्रतिक्रिया 4