+
+
Shares

विद्या भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय भयो : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १५:०१

७ साउन, काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा प्रवेश गर्नै नपर्ने उनले बताए ।

‘हामीले निष्कर्ष (पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने) निकालेका छौं । हामीले यो निष्कर्ष निकालेपछि सदस्यताको विषय स्वत: निष्क्रिय भएको छ । सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौं’, पोखरेलले भने ।

एक वर्ष अघि नै नवीकरण भएको सदस्यताको विषय छलफलकै आधारमा सार्वजनिक नगरिएको पनि उनले बताए । तर, भण्डारी आफैंले यो विषय सार्वजनिक गरेपछि पार्टीले निर्णय लिएको पोखरेलको भनाइ थियो ।

‘स्वाभाविक रुपमा उहाँले सदस्यता नवीकरणका लागि प्रतिवेदन पठाउनुभएको र शुल्क बुझाउनुभएको जानकारीमा आएकै छ । उहाँले सदस्यता नवीकरण गरिसकेपछि यो विषयलाई सार्वजनिक नगरौं, यो विशेष विषय हो’ पोखरेलले भने, ‘पार्टीका तर्फबाट यसलाई सार्वजनिक गर्न हुँदैन, छलफल गर्नुपर्छ । उपयुक्त समयमा पार्टीले छलफल गर्नुपर्छ भनेर सार्वजनिक नगरेको हो । पूर्वराष्ट्रपति स्वयं आफैंले सार्वजनिक गरेपछि पार्टीले केही भन्नुपर्थ्यो ।’

केन्द्रीय कमिटीले नै पूर्वराष्ट्रपति भण्डारीको फरक भूमिका आवश्यक ठानेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?