+
+
Shares

प्रचण्ड र बाबुराम कांग्रेसकै एजेन्डामा हिंडिरहेका छन् : गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १५:४३

८ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको टिप्पणी गरेका छन् ।

ललितपुरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र मात्रै भएको जिकिर गरे ।

बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उनको भनाइ छ ।

‘अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ,’ उनले भने ।

आफूहरु बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप थियो ।

‘नेपाली कांग्रेसको एजेण्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिंडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लाकेतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभिष्ट हो,’ उनले भने, ‘यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् ।’

नेता गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?